रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
ratopati.com · Mon Aug 17 09:27:47 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । शुक्रबार केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।
यद्यपि बैठकमा पेस हुने कार्यसूची तय भइनसकेको उनले बताए । आचार्यका अनुसार बैठकले केही केन्द्रीय सदस्य, पदाधिकारी मनोनीत गर्न सक्नेछ। यसअघि साउन १३ गते बसेको बैठकले सचिवालय गठन गरेको थियो ।
Read full story at source (ratopati.com)