सडक विभागले वीरगञ्जस्थित दूरसञ्चार कार्यालय भत्काएकोमा टेलिकमको ध्यानाकर्षण
corporatenepal.com · Mon Aug 17 09:16:56 GMT 2026

काठमाडौं । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले दिएको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै सडक डिभिजन कार्यालय हेटौंडाले नेपाल टेलिकमको वीरगञ्जस्थित घण्टाघर छेउमा रहेको दूरसञ्चार कार्यालय वीरगञ्जको भवन भत्काएकोमा नेपाल टेलिकमले ध्यानाकर्षण भएको जनाएको छ ।
यसअघि नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सडक डिभिजन कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय पर्सालगायतका कार्यालयसमेतलाई विपक्षी बनाई गत साउन २८ गते रिट निवेदन दायर गर्नुभएकोमा वीरगञ्जको मुख्य सडक विस्तार सम्बन्धी कार्य तत्काल नगर्न/नगराउन उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले साउन २९ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
Read full story at source (corporatenepal.com)