डलरसहित नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ
annapurnapost.com · Mon Aug 17 09:46:12 GMT 2026

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुईजना पक्राउ परेका छन्। नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४१५ मार्फत काठमाडौंबाट क्वालालम्पुर जान लागेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ४५ वर्षीय जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीय ममता पाण्डे रहेका छन्। उनीहरू दुवैजना नेपाल एयरलाइन्सका कर्मचारी हुन्। पाण्डे सिनियर लेखा अधिकृत हुन् भने बज्रचार्य जुनियर लेखा अधिकृत हुन्।
Read full story at source (annapurnapost.com)