डीएसपीको क्षेत्रमा डीआईजीको छापा, ८२ लाखको जुत्ता–चप्पल बरामद
annapurnapost.com · Mon Aug 17 09:56:47 GMT 2026

भैरहवा : भन्सार छलेर रुपन्देहीको बुटवलमा ठूलो परिमाणमा भण्डारण गरी राखिएको जुत्ता तथा चप्पल बरामद गरिएको छ। पछिल्लो समय विशेष गरी रुपन्देहीको धकधई क्षेत्रबाट जुत्ता र चप्पलको निरन्तर तस्करी हुँदै आएको छ।
रुपन्देहीमा ठाउँ-ठाउँमा सादा पोसाकका (घुमुवा) प्रहरी खटाइए पनि सानातिना सामान बरामद बाहेक तस्करका ठूला गोदाममा छापा मारेर सामग्री नियन्त्रणमा लिन सकेको थिएन। रुपन्देहीका विभिन्न नाकाबाट प्रहरीकै मिलेमत्तोमा तस्करी हुने गरेको आरोप समेत लाग्दै आएको छ।
Read full story at source (annapurnapost.com)