कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
annapurnapost.com · Mon Aug 17 09:56:15 GMT 2026

काठमाडौं : कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग एपमा (आईआरडी प्रोत्साहन कार्यक्रम) सुविधा उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
यस सुविधा मार्फत कुमारी बैंकका ग्राहकहरूले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआर मार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् ।
Read full story at source (annapurnapost.com)