करदाता प्रोत्साहन उपहारः ३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाख रुपैयाँ बम्पर उपहार
techpana.com · Mon Aug 17 10:06:14 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक ‘करदाता प्रोत्साहन पुरस्कार’ का विजेताहरूको नाम सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले ‘लक्की ड्र’ मार्फत विजेताहरू घोषणा गरेका हुन् ।
यस पटकको मुख्य आकर्षण रहेको १० लाख रुपैयाँ राशिको बम्पर उपहार एक उपभोक्ताले मात्र ३५० रुपैयाँको खरिदमा हात पारेका छन् । विभागका अनुसार ती भाग्यशाली उपभोक्ताले ‘गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर’ बाट सामान खरिद गर्दा जारी भएको बिल (कुपन नम्बर: ०२६८८८९७९०३९) मार्फत सो पुरस्कार जितेका हुन् ।
Read full story at source (techpana.com)