१२ वर्षपछि भयो अमेरिकामा जनसम्पर्क समितिको अधिवेशन
onlinekhabar.com · Mon Aug 17 10:31:59 GMT 2026

१ भाद्र, काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिमा १२ वर्षपछि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ । तेस्रो अधिवेशनबाट मुनिन्द्र नेम्बाङको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ । सभापतिमा निर्वाचित नेम्बाङले २६६ मत प्राप्त गरेका थिए । उनले अन्य पाँच सभापतिका प्रतिस्पर्धीलाई पराजित गरेका हुन् ।
वरिष्ठ उपसभापमिा विनोद भट्ट, र हरि पी शर्मा निर्वाचित भए । उपसभापतिमा निमा बोम्जन, सञ्जीव श्रेष्ठ, श्रीथापा निर्वाचत भएका छन् । युवा उपसभापतिमा सुशील खत्री, महामन्त्रीद्धयमा नारायण खनाल र गौतमा दाहाल, दुई सहमहामन्त्रीमा अर्जुन बम र अनिता परियार, कोषाध्यक्षमा नारायण पी पोखरेल निर्वाचित भए ।
Read full story at source (onlinekhabar.com)