धानको न्यूनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवले सरकारसँग धानको न्यूनतम समर्थन मूल्य बढाउन जोडदार माग गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले किसानले उत्पादन गरेको अन्नको उचित मूल्य पाउनुपर्नेमा जोड दिएका हुन्।
सांसद यादवले तराई क्षेत्रमा उत्पादन हुने बासमती धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ र बंगलीया धानको समर्थन मूल्य कम्तीमा ५ हजार रुपैयाँ निर्धारण गर्न सरकारसँग माग गरेका छन्। साथै, अन्य जातका धानको समेत उचित मूल्य तोक्न उनले ध्यानाकर्षण गराएका छन्।
Read full story at source (hamrakura.com)