वर्षौँदेखि बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने तयारी
kalakarmi.com · Mon Aug 17 10:51:22 GMT 2026

काठमाडौं- वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउन सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पहलमा कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न कार्यदल गठन गरिएको हो ।
नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट खारेजीमा परेको वीरगञ्ज चिनी कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय तथा यसअघि तयार भएका अध्ययन र प्रतिवेदनको समीक्षा गरी अब चाल्नुपर्ने कदम पहिचान गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ । कार्यदललाई १५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सि.डि.ई. श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलमा मन्त्रालयका शाखा अधिकृत तथा उद्योग विभागका अधिकृत प्रतिनिधि सदस्य छन् ।
Read full story at source (kalakarmi.com)