लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत
canadanepal.com · Mon Aug 17 10:53:00 GMT 2026

बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो। ८३ सदस्यीय प्रदेश सभामा बहुमत सिद्ध गर्न ४२ मत आवश्यक थियो। मतदानमा ७१ जना सांसद सहभागी भएका थिए।
Read full story at source (canadanepal.com)