नेप्सेमा सामान्य गिरावट, २०१ कम्पनीको सेयर मूल्य घट्यो
arthadabali.com · Mon Aug 17 10:57:06 GMT 2026

काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ६४१ दशमलव ८२ मा पुगेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य आठ अङ्कले घटेर ४६३ दशमलव ६४ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ४७ अङ्कले घटेर १८१ दशमलव २८ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ४९ अङ्कले घटेर १५६ दशमलव ६४ मा पुगेको छ ।
Read full story at source (arthadabali.com)