विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसदहरूको आपत्ति
baahrakhari.com · Mon Aug 17 11:09:08 GMT 2026

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रस्तावित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) विधेयक २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८३ मा ‘वेश्यावृत्ति’ शब्द राखिएकोमा आपत्ति जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा जारी छलफलमा सांसदहरूले आपत्ति जनाएका हुन् ।
सांसद इन्दीरा रानाले वेश्यावृत्ति, वेश्यागमन भन्ने शब्द राखिएकोमा आपत्ति प्रकट गरिन् । उनले आफू उपसभामुख पदमा रहँदा त्यो शब्द लोकसेवामा प्रयोग गरेकोमा महिला सांसदमार्फत विरोध गरेको स्मरण गरिन् । “यो लेख्ने मान्छे पुरुष हो कि भन्ने लाग्यो । हरेक ठाउँमा वेश्यावृत्ति आइरहेको छ । यसलाई हटाउन अनुरोध गर्न चाहन्छु ” उनले भनिन् ।
Read full story at source (baahrakhari.com)