सामाजिक सञ्जालमा नेपाली महिलामाथि हुने चरित्रहत्याप्रति राना मगरको आपत्ति
arthadabali.com · Mon Aug 17 10:38:40 GMT 2026

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि सामाजिक सञ्जालमार्फत हुने आरोप र चरित्रहत्या रोक्न माग गरेकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राना मगरले विधेयकमा ‘वेश्यावृत्ति’, ‘वेश्यागमन’ लगायतका शब्द प्रयोग गरिएको भन्दै त्यसलाई पुनरावलोकन गर्न आग्रह गरिन् ।
Read full story at source (arthadabali.com)