छत्रदेव गाउँपालिकाको सेवा नयाँ प्रशासकीय भवनबाट सुरु
annapurnapost.com · Mon Aug 17 11:24:20 GMT 2026

अर्घाखाँची : छत्रदेव गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ। आधुनिक तथा व्यवस्थित भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाले नयाँ भवनबाट नियमित प्रशासनिक कामकाज सञ्चालनमा ल्याएको हो।
गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले एक समारोहबीच नवनिर्मित प्रशासकीय भवनको विधिवत् समुद्घाटन गर्दै नयाँ भवनबाट सेवा प्रवाहको शुभारम्भ गरे। आफ्नै प्रशासकीय भवनबाट सेवा सुरु भएसँगै छत्रदेवको स्थानीय शासन प्रणाली थप व्यवस्थित र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।
Read full story at source (annapurnapost.com)