काभ्रेको स्याउलीथलीमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु, चार घाइते
kendrabindu.com · Mon Aug 17 12:09:12 GMT 2026

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१, स्याउलीथलीमा बोलेरो गाडी सडकबाट करिब ३०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
पनौती–तालढुङ्गा भित्री सडकखण्डमा बा २१ च २४२ नम्बरको बोलेरो दुर्घटनामा परेको हो। दुर्घटनामा खानीखोला गाउँपालिका–२ की करिब २४ वर्षीया अनिता मोक्तान र खानीखोला–४ का करिब ६१ वर्षीय कलकबहादुर माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (kendrabindu.com)