चीनको आर्थिक सुधार फेरि सुस्त, उपभोग र औद्योगिक उत्पादन दुवै भए कमजोर
ratopati.com · Mon Aug 17 12:11:56 GMT 2026

बेइजिङ । यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा चीनको अर्थतन्त्रले लय गुमाएको छ । औद्योगिक उत्पादन र खुद्रा बिक्रीको वृद्धि अपेक्षाभन्दा कमजोर भएपछि अर्थतन्त्र कमजोर बनेको हो । यस्तोमा आन्तरिक माग बलियो बनाउन सरकारमाथि थप प्रोत्साहन प्याकेज ल्याउनुपर्ने दबाब बढेको छ ।
दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर साढे ३ वर्षयताकै न्यून स्तरमा झरेको थियो । यस्तोमा पछिल्लो तथ्यांकले घरेलु खपत र लगानीमा आएको कमीको भर्पाई गर्न चीन निरन्तर निर्यातमा निर्भर रहेको छर्लङ्ग पारेको छ ।
Read full story at source (ratopati.com)