स्कट कुगेलेईनले तेस्रो पटक पनि सुदूरपश्चिमबाटै खेल्ने
ratopati.com · Mon Aug 17 12:12:11 GMT 2026
काठमाडौँ । न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेईनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पनि सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिम रोयल्सले कुगेलेईनलाई तेस्रो संस्करणका लागि पुनः अनुबन्ध गरेको हो । यससँगै उनी लगातार तेस्रो संस्करण सुदूरपश्चिमबाट खेल्ने विदेशी खेलाडी बनेका छन् ।
कुगेलेईनले एनपीएलको पहिलो र दोस्रो संस्करणमा सुदूरपश्चिमको प्रतिनिधित्व गरिसकेका छन् । दोस्रो संस्करणमा उनले टोलीको बलिङ आक्रमणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले प्रतियोगितामा १७ विकेट लिँदै सुदूरपश्चिमका लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।
Read full story at source (ratopati.com)