वर्षमानद्वारा रोल्पा विपत्तीबारे सरकारको ध्यानाकर्षण, सरकारसँग राखे ५ माग
khabarhub.com · Mon Aug 17 12:18:34 GMT 2026

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् वर्षमान पुन ‘अनन्त’ ले पछिल्लो दुई सातामा आफ्नो गृहजिल्ला रोल्पामा बाढीपहिरो र चट्याङका कारण २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले साउन महिनाको पछिल्लो दुई सातामा मात्र रोल्पाका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिमा परी ठूलो मानवीय तथा भौतिक क्षति भएको बताए ।
उनका अनुसार गत २७ गते थवाङ गाउँपालिकाको उवा क्षेत्रमा गएको भीषण पहिरोमा १३ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट सुनछहरी गाउँपालिकाको सेरममा पहिरोमा परी चार जनाले ज्यान गुमाएका थिए । त्यसैगरी ३० गते लुंग्री गाउँपालिकाको धैरेनीमा एक जनाको मृत्यु भएको उनले बताए। पुनका अनुसार अघिल्लो साता सेरममै पहिरोमा परी थप दुई जनाको मृत्यु भएको थियो भने परिवर्तन गाउँपालिकाको पाछावाङमा एक जनाको ज्यान गएको थियो ।
Read full story at source (khabarhub.com)