स्थिर सरकार बन्दा पनि किन कमजोर पुँजी बजार, ९८ दिनमा नेप्सेमा ३०० अंकको गिरावट, ९ अर्बले घट्यो कारोबार
arthasansar.com · Mon Aug 17 12:19:42 GMT 2026

अहिले पुरानाले केही पनि गरेनन् । देशमा शुसासन कायम गर्छौँ भनेर स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार बनेको छ । त्यो पनि इतिहासकै बलियो सरकार । २०१५ साल पछि एउटै पार्टीले एकल रुपमा करिब दुई तिहाइको नजिकको सरकार निर्माण गरेको छ । सेयर बजारका लगानीकर्ताहरुले लामो समयदेखि भन्दै आएको स्थिरता बालेन सरकार बने पछि पुरा भयो । एउटै पार्टीको त्यो पनि शुसासनको नारा दिएको पार्टी सरकारमा आए पनि लगानीकर्ताहरुमा उत्साह थपियो । रास्वपाले सरकार बनाउने निश्चित भए पनि पुँजी बजारमा निकै उत्साह देखियो । तर, यो सरकार निर्माण भएदेखि भने बजार निकै संकुचनको अवस्थामा पुगेको छ । बजारले जुन रुपमा गति लिन्छ भन्ने आशा गरिएको थियो त्यसको विपरित निराशा कायम भयो ।
बालेन नेतृत्वको सरकार निर्माण पछि मात्रै सेयर बजारमा ३०० अंक भन्दा बढीको गिरावट र ९ अर्ब माथिको कारोबार रकममा कमी आएको छ । नयाँ सरकार चैत १३ गते निर्माण भएको थियो । शुक्रबारका दिन सरकार बनेकाले त्यसको अघिल्लो दिनको कारोबार बन्द हुँदा नेप्से परिसूचक २९५०.१६ विन्दुमा पुगेको थियो । त्यो बेलादेखि (सोमबार) आजसम्म सेयर बजार ९८ दिन कारोबार भयो । यो ९८ दिनको अवधिमा सेयर बजार ३०८.३४ अंकले घट्ेयो । सोमबारको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २६४१.८२ विन्दुमा रहेको छ ।
Read full story at source (arthasansar.com)