मरुवा रोगका कारण ३५ प्रतिशतले चैते धानको उत्पादन घट्यो
barnanmedia.com · Mon Aug 17 12:14:24 GMT 2026

जिल्लाको प्रमुख खाद्यबाली चैते धानको उत्पादन यस वर्ष ३५ प्रतिशतले घटेको छ । मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले बताउनुभयो ।
गत वर्ष बाली भित्र्याउने बेला पानी परेको उल्लेख गर्दै उहाँले किसानले यसवर्ष सोही धान बीउका रूपमा प्रयोग गरेकाले धानमा मरुवा रोगको सङ्क्रमण बढेको जानकारी दिनुभयो । गुणस्तरीय धानको बीउ प्रयोग गर्दा मरुवा रोगको सङ्क्रमण कम हुने भन्दै उहाँले पानीमा भिजेको बीउ प्रयोग गरिएकाले समस्या देखिएको बताउनुभयो ।
Read full story at source (barnanmedia.com)