‘हाम्रोबजार’ मा राखेका महँगा आईफोन किन्ने भन्दै फाइभ स्टार होटेलमा बोलाएर लुट्ने सिरियल चोर सक्रिय
techpana.com · Mon Aug 17 12:31:20 GMT 2026

काठमाडौं । मानौं, तपाईंले आफ्नो महँगो आईफोन ‘हाम्रोबजार’ मा बिक्रीका लागि राख्नुभयो । त्यसपछि तपाईंलाई एउटा नेपाली नम्बरबाट ह्वाट्सएपमा मेसेज आउँछ । उसले फोनको सबै विवरण बुझ्छ र किन्नका लागि तपाईंलाई एउटा फाइभ स्टार होटेलमा बोलाउँछ । फोन बेच्नु नै छ, त्यसैले तपाईं पनि उसले बोलाएकै होटेलमा पुग्नुहुन्छ ।
होटेल पुगेपछि उसले फोन लिन्छ । ठीक अवस्थामा भए/नभएको जाँच्छ । र, बार्गेनिङ गरेर रकम मिलाउँछ । अनि हिन्दीमा “यह फोन प्रेमिका को गिफ्ट देना है, एक बार दिखाकर अभी आता हूँ” भन्दै अर्कै कोठातिर लाग्छ ।
Read full story at source (techpana.com)