तीन महिनामा वैदेशिक रोजगारसम्बन्धी मुद्दामा ३१ करोड क्षतिपूर्ति
baahrakhari.com · Mon Aug 17 13:06:41 GMT 2026

काठमाडौं । युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन महिनामा वैदेशिक रोजगारसम्बन्धी मुद्दामा ३१ करोड क्षतिपूर्ति भराइएको दाबी गरेका छन् ।
सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले रकम बराबरको क्षतिपूर्ति भराइएको जिकिर गरेका हुन् । ''मुद्दा फर्स्यौट दर हामीले बढाएका छौँ । जसबाट ३१ करोड रुपैयाँ क्षतिपूर्ति भराइएको छ । यस सरकारअघि एक वर्षको अवधिमा १२ करोड रुपैयाँ मात्रै क्षतिपूर्ति भराइएको थियो,'' उनले भनेका छन् ।
Read full story at source (baahrakhari.com)