जेसीआई यू–१६ गर्ल्स टी–१ रग्बीमा जोसेफ विजयी
baahrakhari.com · Mon Aug 17 13:36:56 GMT 2026
काठमाडौं । काठमाडौंमा आयोजित जेसीआई यू–१६ गर्ल्स टी–१ रग्बी प्रतियोगिता–२०२६ इन्टरनेसनल जोसेफ स्कुलले जितेको छ । सोमबार भएको फाइनलमा जोसेफले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २–० ले पराजित गर्यो । जेबी स्कुलले तेस्रो स्थान हासिल गर्यो ।
प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन एसिया रग्बीका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव टंकलाल घिसिङले गरेका थिए ।
Read full story at source (baahrakhari.com)