एकल आमाकी छोरी सपना बनिन् राज्यमन्त्री !
ratopati.com · Mon Aug 17 13:45:00 GMT 2026

विराटनगर । माओवादीको १० वर्षेसशस्त्र युद्धमा ‘कमाण्डर’ को भूमिकामा देखिने सपना परियार (क. सन्ध्या) आजदेखि कोशी प्रदेश सरकारको नीति निर्माण गर्ने महत्त्वपूर्ण तहमा पुगेकी छन् ।
सुनसरीको इटहरी–५ मा २०४२ साल फागुन २२ गते जन्मिएकी सपनाको यहाँसम्मको यात्रा सहज भने थिएन । बुवा टेकबहादुर हिङमाङको निधनपछि एकल आमा नरमायाँ हिङमाङको काखमा हुर्किएकी उनले सानै उमेरदेखि अभाव र विभेदको नजिकबाट अनुभव गरिन् । आमाले ज्याला–मजदुरी गरेर हुर्काएकी तिनै छोरी आज प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने ठाउँमा पुगेकी छन् ।
Read full story at source (ratopati.com)