सङ्घ र सरकारबीच सहमति भएसँगै व्यवसायीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित
barnanmedia.com · Mon Aug 17 14:22:33 GMT 2026

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र सरकारबीच सहमति भएसँगै व्यवसायीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सङ्घका प्रतिनिधिहरूबीच आइतबार भएको वार्तामा सरकारले व्यवसायीका १५ बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन रोकिएको हो।मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार व्यवसायीहरूले उठाएका अधिकांश मागहरू वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गरिनेछ।
Read full story at source (barnanmedia.com)