कोसीमा फेरियो सत्ता साझेदार
nepalnews.com · Mon Aug 17 14:45:48 GMT 2026
विराटनगर। कोसी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको चार वर्ष नपुग्दै सत्ता समीकरण फेरिने र मन्त्रिपरिषद् हेरफेर हुने शृंखला रोकिएको छैन। ९२ सदस्यीय प्रदेशसभामा यस अवधिमा ६ पटक सरकार गठन भएका छन् भने मन्त्रिपरिषद् पुनर्गठन र विस्तार १९ पटक भइसकेको छ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच बनेको नयाँ सत्ता समीकरणअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १ भदौमा फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन्। साउन पहिलो साता दुई दलबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्दै कार्कीले नेकपालाई सरकारमा सहभागी गराएका हुन्।
Read full story at source (nepalnews.com)