‘सुशासनसँगै प्रदेशको विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’
ratopati.com · Mon Aug 17 15:57:07 GMT 2026

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो नेतृत्वको सरकारले सुशासनसँगै प्रदेशको समग्र विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्। बागमती प्रदेशसभाको आजको बैठकमा उहाँले सरकारले आर्थिक पारदर्शितासँगै सुशासन अभिवृद्धि र पूर्वाधार विकासमा सकारात्मक प्रगति हासिल गरिरहेको उल्लेख गरे।
सरकारले चालु खर्च घटाउने क्रममा १४ मन्त्रालयलाई आठ वटा कायम गरी यसै आर्थिक वर्षदेखि लागू गरेको बताउँदै उहाँले प्रशासनिक पुनःसंरचना गर्दा निजामति कर्मचारीको तलबभत्ता २० प्रतिशतले वृद्धि गर्दा पनि गत आर्थिक वर्षको तुलनामा पाँच प्रतिशत कम हुनेगरी बजेट विनियोजन भएको जानकारी गराए।
Read full story at source (ratopati.com)