प्रशासन र प्रहरी कार्यालय घेराउ गर्दै मिटरब्याज पीडितहरुको नाराबाजी
annapurnapost.com · Mon Aug 17 16:23:59 GMT 2026

झापा : मिटरब्याज पीडितहरूले सोमबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन संघर्ष समितिका अध्यक्ष लालबहादुर मगरको नेतृत्वमा पुगेका पीडितहरूले मिटरब्याज साहुलाई कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने तथा भूमाफियामाथि कारबाही गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका हुन् ।
करिब ७० जना सहभागी रहेको प्रदर्शनमा 'मिटरब्याज साहुलाई कारबाही गर', 'कालोसूची बन्द गर', 'पक्राउ पुर्जी खारेज गर', 'भूमाफियालाई कारबाही गर', 'पीडितलाई न्याय दे' र 'भूमिहीन एक हौँ' लगायतका नारा लगाइएको थियो ।
Read full story at source (annapurnapost.com)