सरकारी बक्यौता असुली, ६० भन्दा बढी उद्योगको लाइन काटियो
arthadabali.com · Mon Aug 17 17:17:40 GMT 2026

हेटौडा / बागमती लामो समयदेखि उठ्न नसकेको सरकारी बक्यौता रु १० करोड असुली भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्युत् लाइन काट्न थालेसँगै उक्त बक्यौता रकम असुली भएको हो ।
औद्योगिक क्षेत्रमा सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर लामो समयदेखि भाडा र महसुल नतिर्ने उद्योगहरूको सङ्ख्या ६० भन्दा बढी रहेको छ । हेटौँडा औद्यागिक क्षेत्रमा कूल १४७ वटा उद्योग छन् । कार्यालयले बक्यौता नबुझाएका ६० भन्दा बढी उद्योगको लाइन काटिदिएको छ ।
Read full story at source (arthadabali.com)