चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण
ratopati.com · Mon Aug 17 23:30:28 GMT 2026

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण बनेको छ । गोरखा भूकम्पपछि पहाड खोपेर निर्माण गरिएको उक्त पुल यस वर्षको वर्षायाममा माथिबाट ढुङ्गा खसेपछि क्षतिग्रस्त भएको हो ।
पुल जीर्ण भएपछि चुमनुब्री–६ र वडा नं ७ का बासिन्दालाई आवतजावतमा जोखिम भएको छ । केही दिनअघि पहाडबाट खसेको ठूलो ढुङ्गाले पुलमा क्षति पुर्याएको चुमनुब्री–६ लोक्पाका सेराप गुरुङले जानकारी दिए ।
Read full story at source (ratopati.com)