संसद्लाई छलिरहेका प्रधानमन्त्री शाहलाई सभामुखको रुलिङ, भदौं १० मा उपस्थित भइ जवाफ दिनु
kendrabindu.com · Tue Aug 18 01:03:09 GMT 2026

काठमाडौं । प्रतिनिधिसभामा लामो समयदेखि प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित हुँदा सांसदहरुले चर्को विरोध गरेपछि सभामुख डोलप्रसाद(डीपी) अर्यालले उपस्थितिको लागि रुलिङ गरेका छन् । सभामुख अर्यालले भदौं १० गते भदसंसदमा उपस्थित भइ सांसदहरुको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् ।
प्रधानमन्त्रीले प्रत्येक महिना पहिलो साताको एक दिन सांसदका प्रश्नको जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लंघन गरिरहेको अवस्थामा सभामुख अर्याल ‘रुलिङ’ गर्नुपर्ने अवस्थामा पुगेका हुन्। १७ जेठमा प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति दिएपछि नै सांसदहरूले संसद् आएर स्पष्टीकरण दिनुपर्ने माग गर्दै आएका थिए।
Read full story at source (kendrabindu.com)