समुद्रले निल्नै आँटेको नाइजेरियाको बस्ती
kendrabindu.com · Tue Aug 18 01:13:58 GMT 2026

आयटोरो (नाइजेरिया) । दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व नै संकटमा परेको छ। हरेक वर्ष समुद्रतट साँघुरिँदै गएको छ भने समुद्रले बगाएका घरका भग्नावशेष अहिले बाँकी रहेको जमिनमा छरिएका छन्।
घर गुमाएका परिवारहरू भित्री भूभागमा पुनःनिर्माण गरेर बस्न थाले पनि केही समयमै समुद्रले फेरि उनीहरूको बस्तीलाई चपेटामा पार्ने गरेको छ। डुंगाबाट मात्र पुग्न सकिने बालुवाको साँघुरो भूभागमा हिँड्दै ३५ वर्षीय थोम्पसन अकिङबोयले भने, ‘हामी मानिसहरूका घरमाथि हिँडिरहेका छौँ।’
Read full story at source (kendrabindu.com)