हवाई फायर गरेर २ जना पक्राउ, १३ किलो अफिम बरामद
kendrabindu.com · Tue Aug 18 02:03:05 GMT 2026

काठमाडौं । प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतस्थित संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ पर्नेमा रुकुमपूर्वको सिस्ने गाउँपालिका १ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर ६ का ६० वर्षीय टोपजङ्ग भन्ने टाइपसिंह गिरी छन्।
Read full story at source (kendrabindu.com)