उपचार नपाएर छटपटाउँदै बिरामी : तर राज्यले छुट्याइदिएको शैय्या प्रयोगविहीन
ratopati.com · Tue Aug 18 02:07:36 GMT 2026

काठमाडौँ । विपन्न, असहाय र बेवारिसे नागरिकका लागि सरकारले देशभरका अस्पतालमा तीन हजारभन्दा बढी शय्या ‘निःशुल्क’ छुट्याएको छ । तर, बिरामीका लागि यो सुविधा सरकारी कागजात र तथ्याङ्कमा देखिए पनि अस्पतालका शय्यासम्म पुग्दा उत्तिकै जटिल र पहुँचबाहिर रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको निःशुल्क स्वास्थ्य पोर्टलको सोमबारको अद्यावधिक विवरणअनुसार देशभरका कुल ३० हजार ८ सय ७ मध्ये १० प्रतिशत अर्थात् तीन हजार ८० शय्या विपन्न, असहाय र बेवारिसे नागरिकका लागि पूर्ण रूपमा निःशुल्क छुट्याइएको छ ।
Read full story at source (ratopati.com)