स्पेनका मिडफिल्डर रोड्रीले भने – बार्सिलोना मेरो सपना हो
kendrabindu.com · Tue Aug 18 02:12:00 GMT 2026
काठमाडौं । बार्सिलोनामा आवद्ध भएका स्पेनका मिडफिल्डर रोड्रीले बार्सिलोनाका लागि खेल्नु आफ्नो सपना भएको बताएका छन्। म्यानचेष्टर सिटीबाट बार्सिलोनामा आवद्ध हुने प्रक्रिया पूरा गरेका रोड्री बार्सिलोना पुगेर यस्तो बताएका हुन्।
रोड्रीलाई भित्राउन बार्सिलोना सिटीलाई करिब ६ करोड ५० लाख पाउण्ड अर्थात ६५ मिलियन पाउण्ड तिर्न सहमत भएको छ। सम्झौताको सबै प्रक्रिया पूरा भएसँगै ३० वर्षिय रोड्री ला लिगा च्याम्पियन क्लबमा ४ वर्ष रहनेछन्।
Read full story at source (kendrabindu.com)