७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा
canadanepal.com · Tue Aug 18 02:47:38 GMT 2026

काठमाडौँ- हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने सरकारको अभियानअन्तर्गत ‘सरकारी कुरियर सेवा’ ७७ वटै जिल्लामा पुगेको छ। साउन २९ गते हुम्लामा जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबीच सरकारी कागजात घरदैलोमा पुर्याउने सम्झौता भएपछि सेवा सबै जिल्लामा विस्तार भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सरकारको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’अन्तर्गत हुलाकलाई सरकारी कागजात तथा सामग्री ढुवानी र नागरिकको घरदैलोसम्म सेवा पुर्याउने माध्यमका रूपमा विकास गर्न थालिएको हो। साथै सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाकलाई रुपान्तरण गर्ने कार्यलाई आफ्नो मुख्य प्राथमिकताको काम रहेको बताउँदै आएका छन्।
Read full story at source (canadanepal.com)