मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक घाइते
barnanmedia.com · Tue Aug 18 02:44:16 GMT 2026

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेज पुलमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा सोही नगरपालिका–१ भलुवाका अन्दाजी ३५ वर्षीय ओम साफी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता हेमराज घिमिरेले जानकारी दिनुभयो।
Read full story at source (barnanmedia.com)