राजस्थानमा सिंगमरमरको फोहोर बन्यो पर्यटकको आकर्षण
kendrabindu.com · Tue Aug 18 02:50:10 GMT 2026

जयपुर । भारतको राजस्थानस्थित किसनगढमा सिंगमरमर प्रशोधनबाट निस्किएको सेतो फोहोरको थुप्रो अहिले पर्यटक, चलचित्र निर्माता र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि आकर्षणको केन्द्र बनेको छ। फोहोर फाल्ने ठाउँ भए पनि यसको सेतो भू–दृश्य हिउँले ढाकिएको उपत्यकाजस्तो देखिने भएकाले यहाँ घुम्न आउनेको संख्या बढेको छ।
उत्तरपश्चिमी राज्य राजस्थानको प्रमुख सिंगमरमर प्रशोधन केन्द्र किसनगढमा ८२ एकड अर्थात् ३३ हेक्टर क्षेत्रमा फैलिएको यो फोहोर व्यवस्थापन स्थलमा दैनिक साढे पाँच हजार टनभन्दा बढी सिंगमरमरको घोल र ढुंगा जम्मा हुने गरेको छ। यहाँ एक हजार दुई सयभन्दा बढी प्रशोधन एकाइबाट सिंगमरमर तथा ग्रेनाइट काट्ने र पालिस गर्ने क्रममा निस्किएको फोहोर ल्याइन्छ। यो एसियाकै ठूलो फोहोर व्यवस्थापन क्षेत्रमध्ये एक हो।
Read full story at source (kendrabindu.com)