तीन निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा
canadanepal.com · Tue Aug 18 03:35:29 GMT 2026

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ। कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।
कालोसूचीमा पर्नेमा नमाडे निर्माण सेवा, केदारस्युँ–२, बैतडी, बागेश्वरी–रामछाप–सन्तोषी जे.भी., सूर्यगढी–३, नुवाकोट र रमन–ओम–सुगम जे.भी., बागडोल–५, ललितपुर* रहेका छन्। यी तीनवटै निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
Read full story at source (canadanepal.com)