म्यानचेस्टर सिटीमा मारेस्कासामु चुनौतीको चाङ
kendrabindu.com · Tue Aug 18 03:42:20 GMT 2026
म्यानचेस्टर । कम्युनिटी सिल्डमा म्यानचेस्टर सिटी जसरी आर्सनलको हातबाट पराजित रह्यो, त्यसबाट आफ्ना खेलाडीले सिक्नुपर्ने प्रतिक्रिया दिएका छन्, प्रशिक्षक इन्जो मारेस्काले। पेप ग्वार्डिओलाको स्थानमा सिटीको जिम्मेवारी पाएका मारेस्कासामु क्लबलाई अगाडि बढाउन चुनौतीको चाङ लाग्ने तय जस्तै छ।
एक दशकयता सिटीले शनिबार खेल्दा पहिलो पटक टचलाइनमा ग्वार्डिओला थिएनन्। उनकै अनुपस्थिति र मारेस्काको पहिलो औपचारिक खेलमा सिटीको प्रदर्शन पटक्कै मन जित्ने खालको रहेन र टिम आर्सनलको हातबाट नराम्रोसँग ३–० ले पराजित रह्यो। कार्डिफको मिलेनियम स्टेडियममा भएको खेलमा जसरी मारेस्काले आफ्नो टेक्निकल एरिया सम्हाले, त्यसले पनि धेरैलाई प्रभावित पार्न सकेन।
Read full story at source (kendrabindu.com)