दुर्गा प्रसाईंको समूहसँग छलफल गर्न सरकारले गठन गर्यो वार्ता टोली
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौं। सरकारले आन्दोलनरत ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का प्रतिनिधिसँग संवाद तथा वार्ताका लागि आधिकारिक वार्ता टोली गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्यालयका सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको हो। गठित टोलीका सदस्यहरूमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव डिलाराम पन्थी रहेका छन्।
Read full story at source (hamrakura.com)