हिरासतमुक्त भएको भोलिपल्ट किशोर श्रेष्ठले लेखे- सत्य मरेको छैन, कलम हारेको छैन
lokaantar.com

सर्वोच्च अदालतको आदेशपछि हिरासतमुक्त भएका ‘जनआस्था’ प्रकाशन प्रालिका अध्यक्ष तथा सम्पादक/पत्रकार किशोर श्रेष्ठले आफू नहारेको र नमरेसम्म सत्य लेखिरहने बताएका छन्। रिहा भएलगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले लेखेका छन्, 'पन्छीको ठाउँ पिँजडा होइन, खुल्ला आकाश नै प्रिय लाग्छ उसलाई । ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ च्यातिन्छ । सत्य मरेको छैन । कलम हारेको छैन । सबैलाई बधाई, सबैलाई शुभकामना !'
बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चको परमादेशअनुसार उनी सोमबार बेलुका हिरासतमुक्त भएका थिए । अदालतले श्रेष्ठलाई हिरासतमुक्त गरी हाजिर जमानी वा तारेखमा राखेर अनुसन्धान गर्न प्रहरीका नाममा परमादेश जारी गरेको थियो । पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
Read full story at source (lokaantar.com)