यस्तो छ आज बस्ने पाँच संसदीय समितिको कार्यसूची
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। संघीय संसद् अन्तर्गत आज विभिन्न पाँचओटा संसदीय समितिका बैठकहरू बस्दैछन्। जसमा विभिन्न मन्त्रालयका प्रतिवेदन, ऊर्जा क्षेत्रका समस्या, संस्थागत अवलोकन तथा समावेशी प्रतिनिधित्व जस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल हुने कार्यसूची तय गरिएको छ।
आज बिहान साढे ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित ‘मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल’ ले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसैगरी, बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र यसले भोग्नुपरेका समस्याहरूबारे छलफल हुनेछ भने बिहान साढे १० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकनबारे छलफल हुनेछ।
Read full story at source (hamrakura.com)