आइएमई लाइफ इन्स्योरेन्सको ९ औं वार्षिकोत्सव सम्पन्न : राष्ट्रिय अविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर वितरण सम्झौता
ajakoartha.com · Tue Aug 18 03:52:00 GMT 2026

काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी हर्षोल्लासपूर्वक नवौं वार्षिकोत्सव मनाएको छ ।
स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वका मूल्य–मान्यतालाई आत्मसात् गर्दै अघि बढेको कम्पनीले यस वर्ष पनि आफ्नो वार्षिकोत्सवलाई सामान्य उत्सवमा सीमित नराखी समाजप्रतिको प्रतिबद्धता झल्किने विविध कार्यक्रमहरूको आयोजना गरेर मनाएको छ । नौ वर्ष पूरा भएको उपलक्ष्यमा कम्पनीले केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो र देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण लगायत वीमा सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
Read full story at source (ajakoartha.com)