दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास व्यापक कटौती गर्न पेन्टागनलाई ट्रम्पको निर्देशन
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्न रक्षा मन्त्रालय (पेन्टागन) लाई निर्देशन दिएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यस्ता अभ्यासहरूमा भइरहेको अत्यधिक खर्च र त्यसले दिने भूराजनीतिक सन्देशप्रतिको असन्तुष्टि स्पष्ट पारेका छन्।
राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी हुने विगतको सम्झौताप्रति आफू खुसी नरहेको उल्लेख गर्दै यी अभ्यासहरू अत्यन्त खर्चिला रहेको र यसको अधिकांश आर्थिक भार संयुक्त राज्य अमेरिकाले नै व्यहोर्नुपरेको बताएका छन्। यसबाहेक, यस्ता सैन्य अभ्यासहरूले अनुपयुक्त र शत्रुतापूर्ण सन्देश समेत प्रवाह गरिरहेको उनको भनाइ छ।
Read full story at source (hamrakura.com)