जुरिखेतमा ‘स्कारपियो’ दुर्घटना हुँदा छ जना घाइते, एकको अवस्था गम्भीर
nepalviews.com · Tue Aug 18 04:00:36 GMT 2026

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो) दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो ।
घाइतेहरूको विस्तृत परिचय भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको उनले बताए ।
Read full story at source (nepalviews.com)