मुख्य न्यायाधीश, रजिस्ट्रारसहित सवार स्कारपियो दुर्घटना
rajdhanidaily.com · Tue Aug 18 04:07:37 GMT 2026
हेटौडा ।मकवानपुर भीमफेदी गापा– ६ जुरीखेलमा काठमाडौंबाट बीरगन्जतर्फ आउँदै गरेको स्कारपियो दुर्घटना भएको छ । उच्च अदालत बीरगन्ज पर्साको मुख्य न्यायाधीश, रजिष्टार र गाडी चालकसहित ६ जना सवार स्कारपियो दुर्घटना भएको हो । प्रदेश ३–०१–००२ झ ५१८३ नं. को स्कारपियो गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालक र रजिष्टारलाई थप उपचारको लागि हेटौडा अस्पताल ल्याइएको छ । बाँकी ४ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारको लागि छाउनी अस्पताल काठमाडौं पठाएको ।
Read full story at source (rajdhanidaily.com)