नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
barnanmedia.com · Tue Aug 18 04:03:44 GMT 2026
काठमाडौँ। टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन अनिलकुमार साहको कप्तानीमा रहेको १५ सदस्यीय नेपाल ‘ए’ क्रिकेट टोली गएराति अष्ट्रेलिया प्रस्थान गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले अष्ट्रेलिया जाने उक्त टोलीलाई आइतबार नै बिदाइ गरेको थियो।
आगामी भदौ ५ गतेदेखि सुरु हुने उक्त सिरिजमा नेपालले पहिलो खेल नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ। त्यसपछि नेपालले भदौ ६ गते बङ्गलादेश हाई पर्फर्मेन्स, भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदरावाद किङ्समेन एकेडेमी र भदौ १३ गते भिक्टोरिया सिए–११ विरुद्ध प्रतिस्पर्धा गर्नेछ।
Read full story at source (barnanmedia.com)