चुनाव हार्दैमा मैदान छोडेर नभाग्ने ओलीको उद्घोष
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकपटक चुनाव हार्दैमा मैदान छोडेर नभाग्ने उद्घोष गरेका छन्। गत निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको र तेस्रो स्थानमा सीमित हुनुपरेको सन्दर्भमा उनले एमाले निराश भएर पछि नहट्ने स्पष्ट पारेका छन्।
मुलुकको संविधान रक्षा, लोकतन्त्रको सुदृढीकरण र मौलिक संस्कृतिको जगेर्नाका लागि एमाले अविचलित रूपमा अगाडि बढ्ने उनको भनाइ छ। देशमा व्याप्त गलत क्रियाकलापको प्रतिवाद गर्न सबै नेपाली सचेत हुनुपर्नेमा जोड दिँदै, कुस्तीको उदाहरण दिँदै उनले एकपटक पछारिँदा जुरुक्क उठेर पुनः चुनौतीको सामना गर्नेहरू नै विजयी हुने र चुनाव हार्दैमा मैदान छोड्ने पार्टी एमाले नहुने बताएका छन्।
Read full story at source (hamrakura.com)