पाँच संसदीय समितिको बैठक बस्दै
emountaintv.com · Tue Aug 18 04:13:18 GMT 2026
काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ९ बजे बस्ने कृषि तथा प्राकृतिक श्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित ‘मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल’ ले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ । बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र यसले भोग्नुपरेका समस्याहरूबारे छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ । त्यस्तै बिहान साढे १० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकनबारे छलफल हुनेछ । त्यस्ते बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने सम्बन्धमा छलफल हुनेछ ।
Share this:
Read full story at source (emountaintv.com)